इटहरी । इटहरीमा आज देखि निःशुल्क शव वाहन र एम्बुलेन्स सेवा सुचारु गरिएको छ । इटहरीको जनतालाई निःशुल्क रूपमा सेवा दिने उद्देश्यले इटहरी क्षेत्र भर निःशुल्क रूपमा सेवा विस्तार गरिने भएको छ ।
नगर प्रमुख हेम कर्ण पौडेलले इटहरी अस्पतालमा सोमबारदेखि नै लागु हुने गरी निःशुल्क एम्बुलेन्स र शव वाहन सेवा सुरु गरिएको जनाए ।
इटहरी उप महानगरपालिकाले आफ्नो जनताको लागि घर देखि घाट सम्म शव वाहन र घर देखि इटहरी अस्पताल सम्म निःशुल्क संयुक्त रूपमा एम्बुलेन्स सञ्चालनमा ल्याइएको नगर प्रमुख पौडेलको भनाई छ ।
नगर प्रमुख पौडेलले आफू निर्वाचित भए देखि नै इटहरी अस्पताल बनाउन दिन रात खटेको बताउँदै एक वर्ष भित्रमा इटहरी अस्पतालमा व्यापक सुधार हुने बताए । मेरो उद्देश्य इटहरीको जनता उपचारको लागि धरान इटहरी जानु नपरोस् भन्ने हो प्रमुख पौडेलले भने
पछिल्लो समय अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको भन्दै एम्बुलेन्स र शव वाहनको अभाव सुरु भएको कारण जनतालाई निःशुल्क रूपमा उपलब्ध गराउने निर्णय गरेका हौ नगर प्रमुख पौडेलले भने । अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सुविधा भए सँगै बिरामीको संख्या बढ्दै गएको छ ।