वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ३० औँ वर्षमा

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ३० औँ वर्षमा प्रवेश गरेको छ ।

महामानव वीपी कोइरालाको नाममा स्थापित प्रतिष्ठान वीपी जयन्तीकै दिन स्थापना भएको हो । आइतबार ११० औ वीपी जयन्ती हो ।

प्रतिष्ठानको ३० औँ स्थापना दिवसका दिन आइतबार प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा.प्रल्हाद कार्कीले शुभकामना सन्देश दिँदै प्रतिष्ठान सबैको गौरव एवं राष्ट्रकै गहना भएको उल्लेख गरेका छन् । तिसौँ वार्षिकोत्सवमा सबैमा उनले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिष्ठानले स्थापना कालदेखि हालसम्म हासिल गरेका उपलब्धिहरूमा सम्पूर्ण प्रतिष्ठान परिवारको योगदान रहेको उल्लेख गर्दै प्रतिष्ठानको विकास तथा सुसञ्चालनको जिम्मेवारी सबैको काँधमा रहेको कार्कीले उल्लेख गरेका छन् । प्रतिष्ठानको दिगो विकास र विस्तारका लागि सबैको आपसी सहयोग र सहकार्य अपरिहार्य रहेकोमा उनको जोड छ ।

प्रतिष्ठानले ३० स्थापना दिवस तथा ११० औँ वीपी जयन्ती भदौ २३ गतेदेखि विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।

भदौ २४, २०८०, साँझको ०६:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर