श्रोत नखुलेको ९ लाखसहित विराटनगरबाट एक जना पक्राउ

विराटनगर । श्रोत नुखलेको ९ लाख रुपैयाँसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका १४ बाट सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको ९ लाख रुपैयाँसहित विराटनगर १४ ब्रमाटोलका २६ वर्षीय कृष्ण चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीले प्र १ –०२०४९ प ४३६८ नम्बरको होण्डासाईन मोटरसाईकलको बडीमा लुकाई भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त श्रोत नखुलेको रकम बरामद गरी आवश्यक छानविन तथा कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाउने सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।

भदौ २२, २०८०, दिउँसोको ०१:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर