ग्रामथानको रामजानकी मन्दिरमा मूर्ति अनावरण

विराटनगर । कोशी प्रदेशसभा सदस्य भीम पराजुलीले बुधबार शिवलिङ्गसहित चारओटा मूर्ति अनावरण गरेका छन् ।ग्रामथान गाउँपालिका–१ स्थित लखनतरीमा रहेको रामजानकी मन्दिर परिसरमा निर्माण गरिएको शिव मन्दिर, हनुमान मन्दिर र गणेश मन्दिरमा मूर्तिहरु बुधबार अनावरण गरिएको हो । मन्दिरमा गणेशको १५ इन्च अग्लो, हनुमानको ३ फिट ६ इन्च अग्लो, नन्दीको २ फिट ६ इन्च अग्लो र २ फिट ६ इन्च अग्लो शिवलिङ्ग स्थापना गरिएको हो ।

मूर्ति अनावरण गर्दै सांसद पराजुलीले १२२ वर्षदेखि पुरानो रामजानकी मन्दिरलाई संरक्षण गर्न र धार्मीकस्थल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाए ।अहिले धर्मका नाममा आरजकता बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले सबै नेपालीले आफ्ना धर्म र संस्कृति संरक्षण गर्ने तर्फ केन्द्रित हुन आग्रह गरे ।

रामजानकी मन्दिर समितिले भदौ १४ गतेदेखि मुकुन्द माहाराजाद्वारा अखण्ड होमगरी कृष्ण जन्माष्ठमीको दिन मूर्ति अनावरण गरेको समितिका अध्यक्ष नमोनारायाण माझी बताए ।

मन्दिर निर्माणका लागि ५५ लाख खर्च भएको माझीले बताए । प्रदेश सरकारबाट ३५ लाख र स्थानीय सरकारबाट १५ लाख स्थानीयहरुबाट ५ लाख रुपैयाँ सहयोग जुटेको उनले जानकारी दिए ।

भदौ २१, २०८०, बिहानको ०७:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर