विराटनगर । प्रसिद्ध मैथिली नाकटकार तथा साहित्यकार रामभरोस कापडि (भ्रमर ) को लेखनमा तयार पारिएको ‘नेता जी’ नाटक आज विराटनगरस्थित आरोहण गुरुकुल नाटकघरमा मञ्चन हुँदैछ । रामभरोसको ‘नेताजी आइवरहलछे’ लाई अनुवाद गरेर ‘नेता जी’ नाटक मञ्चनको तयारी गरिएको हो ।
नाट्य क्षेत्रमा कलाकारहरुको समस्याहरुलाई दर्शाउँदै सामाजिक–राजनैतिक विषय वस्तुमाथि नाटक ‘नेता जी’ मा देखाउन खोजिएको छ । नाटक अपरान्ह ३ बजे सुरु हुने निर्देशक भरत कार्कीले जानकारी दिए ।अहिले आरोहण गुरुकुल विराटनगरमा कलाकारहरुले नाटक प्रदर्शनको अन्तिम तयारी गरिरहेका छन् । केही दिनअगाडि १५ दिने नाटकको कार्यशालामा सहभागी भएका आरोहणका कलाकार र नव कलाकारहरुले रङ्गमञ्चीय अनुभव तथा सिकाइलाई नाटकमा उतार्ने प्रयास गरेका हुन् ।
नाटकमा गीत तथा संगित सैलेश निरौलाले दिएका छन् भने प्रकाश परिचालन सागर विश्वास, मञ्च निर्माण विकास पराजुली, भेषभुषामा समीक्षा दाहाल, दिपा पोखरेल, गतिमा दिक्षा चौधरी, व्यवस्थापनमा भैरव क्षेत्री, भवानीप्रसाद अधिकारी, रविन चिमरियाले भूमिका निर्वाह गरेका छन् ।
त्यसैगरी प्रकाश परिकल्पना तथा निर्देशन भरत कार्कीले गरेका छन् भने कार्कीलाई सहायक निर्देशनको लागी दिपेश भण्डारीले सहयोग गरेका छन् ।
नेता जी नाटकमा कलाकार आरपी निरौला, दिपा पोखरेल, अशोक गौतम, प्रदीप दाहाल, देवेन्द्र यादव, लकेश दंगाल, सुरेश मण्डल ‘विद्रोही’, दिक्षा चौधरी, लगायत छन् । यस्तै नव कलाकार प्रेम देवान (लुङ्वा) निशान राई, निरज कार्की, प्रतिक्षा न्यौपाने रहेका छन् । यसैबीच २३ गतेबाट ३१ गतेसम्म गुरुकुलमा विद्यालय नाटक महोत्सव समेत हुने भएको छ । नाटक ९ दिनसम्म मञ्चन हुने बताइएको छ ।