सप्तकोसीको पुलमा कार छाडेर बेपत्ता भएका डाक्टरको शव भेटियो

विराटनगर । सप्तकोसी नदीको पुलमा कार छोडेर बेपत्ता भएका बाट डाक्टरको शव फेला परेको छ।

दमक९१ घर भई मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा कार्यरत रहेका ३२ वर्षीय सर्जन डा. प्रज्जवल कोइरालाको शव मङ्गलवार अपराह्न फेला परेको हो।

उनको शव वराहक्षेत्र नगरपालिका ९२ स्थित कोसीको भँगालोमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले बताए।

‘शव सडे गलेको अवस्थामा फेला परेको छ, आफन्तले शव पहिचान गर्नुभएको छ,’ फुयाँलले भने।कोसीमा माछा मार्नेहरूले शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

आफन्तले शवको पहिचान गरेपछि पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।उनी भदौ १० गते राति सप्तकोसी नदीको छेउमा कार छोडेर डाक्टर बेपत्ता भएका थिए।

बेलका नगरपालिका९८ मा कार पार्किङ गरेर कोइराला बेपत्ता भएका थिए।सप्तकोसी नदीको पुलको बिच भागमा जुत्ता, मोजा र मोबाइल भेटिएको थियो।

कोइराला ट्रमा सेन्टरमा सेवा गर्नुअघि उर्लाबारीको अरनिको अस्पताल र दमकको लाइफलाइन अस्पतालमा काम गर्थे। उनले आत्महत्याको बाटो रोज्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भदौ २०, २०८०, दिउँसोको ०४:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर