काठमाडौं ।आफूलाई अभियन्ता भन्ने श्यामबाबु सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरेका थिए ।
नुवाकोट जिल्ला बिदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय सापकोटालाई रहेको पक्राउ गरीएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । ‘एमसीसीको मतियार’ भन्दै सापकोटाले खुकुरी हानेका थिए ।
खुकुरी प्रहार गर्नुअघि रिपोर्टर्स क्लवमा उनी यादवकै भाषण सुन्दै थिए । कांग्रेस नेता यादवलाई भने ट्रमा सेन्टरमा लगिएको छ । पूर्वमन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लवमा आयोजित कार्यक्रमबाट बाहिरिएपछि सापकोटाले खुकुरी प्रहार गरेका थिए ।