बालेन विराटनगर आउँदै

विराटनगर । विराटनगरमा भब्यताका साथ मनाइने राधाकृष्ण रथयात्राको अवलोकन गर्न स्वदेशी तथा छिमेकी मुलुक भारतबाट ३१ जना मेयरहरु उपस्थित हुने भएका छन् ।

रथयात्राको अवलोकनका लागि काठमाडौ महानगरपालिकाका मेयर बालेन साह पनि विराटनगर आउने टुंगो भएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरका मेयर नागेश कोइरालाका अनुसार साह विराटनगरमा एक दिन रहने छन् ।
साहका अतिरिक्त नेपालका अन्य नगरपालिकाका २४ जना मेयर र भारतबाट विभिन्न पञ्चायतका सात जना मेयर पाहुनाका रुपमा भदौ २१ गते विराटनगरमा आइपुग्ने कोइरालाले जानकारी दिए ।

अवलोकनका लागि आउने स्वदेशी तथा विदेशी जनप्रतिनिधिहरुलाई रथयात्राका झाँकीहरुको अवलोकन गराइने छ भने महानगरले उनीहरुको स्वागत तथा सत्कार गर्ने छ ।

बुधबार, २० भदौ, २०८०, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर