इलाम माइजोगमाईका प्रशासकीय अधिकृत र लेखा अधिकृतले गरे कार्यकक्षमै अनैतिक क्रियाकलाप (भिडियो)

इलाम । इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ ।

उनीहरुबीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरकफरक समयमा फरकफरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजिमान राई र लेखा अधिकृतले कार्यालयमै हर्कत गरेको उल्लेख छ ।

प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्नेलगायतका काम गरेको भिडियोमा देखिन्छ । रोमान्टिक मुडमा देखिएका उनीहरुले उक्त क्रियाकलाप बिहान ७ बजेर ३७ मिनेट जाँदा भएको भिडियोको टाइमकार्डमा उल्लेख छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो ।

महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले आउने वित्तिकै अँगालो हाल्छन् र चुम्वन गर्छन् । यस्तै महिलाले पनि राईको गाला सुम्सुम्याउने गरेको देखिएको छ । त्यसपछि महिला कर्मचारीले खाममा रहेको पैसा गन्न दिन्छिन् । अधिकृत राईले पैसा गनेर पुनः महिला कर्मचारीलाई दिएको देखिन्छ । उक्त रकम घुष भएको आशङ्का गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले आफूले पनि सामाजिक सञ्जालबाट उक्त कुरा थाहा पाएको बताए । ‘म पनि बिरामी भएर बसेको छु । केही दिन अगाडिको भिडियो भन्ने थाहा भएको छ । प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका छन्,’ उनले भने ।

https://www.facebook.com/100007686850652/videos/pcb.3528851604047700/285984567391699

भदौ १९, २०८०, साँझको ०६:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर