काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीच भइरहेको खेलमा कुशल भुर्तेल र आशिफ शेखले जीवनदान पाएका छन् ।
मोहम्मद शमीको बलमा भुर्तेल र मोहम्मद सिराजको बलमा शेख क्याच हुनबाट बचेका हुन् ।
नेपाल र भारतले समूह चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरिरहेका छन् । भारतले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो भने भारत र पाकिस्तानबीचको खेल वर्षाले अवरुद्ध भएको थियो ।
नेपाल र भारत शीर्ष स्तरमा भेट भएको यो पहिलोपटक हो ।
यो खेल जित्ने टोलीले अन्तिम ४ मा स्थान बनाउने छ भने हार्ने टीम समूह चरणबाटै घर फर्किने छ ।
वर्षाका कारण खेल पूरा हुन नसकेमा भारत अगाडि जानेछ ।