काठमाडौं । आज (सोमबार) देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एकरदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राति भने देशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी भूभागको एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।