तेली कल्याण समाज विराटनगरमा नयाँ नेतृत्व

विराटनगर तेली कल्याण समाज नेपालको प्रथम महानगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले संजयकुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । विराटनगरमा सम्पन्न अधिवेशनले साहको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अधिवेशनबाट समितिको उपाध्यक्षमा नन्दगोपाल साह, सचिवमा जगतलाल साह, सहसचिवमा सिर्जनाकुमारी साह र कोषाध्यक्षमा सरिता साह निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा चन्द्रकिशोर साह, संजीवकुमार साह, ललितकुमार साह, कमल साह, गंगाप्रसाद साह, ममताकुमारी साह, सत्यनारायण साह, मनिता साह र रेणुकुमारी साह निर्वाचित भएको समाजले जनाएको छ ।अधिवेशनका क्रममा केही समय अगाडि आयोजना गरिएको निबन्ध प्रतियोगिताको बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । विजेताहरुलाई नगद तथा प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।
प्रतियोगितामा प्रथम बिशांक साह, द्वितीय पूजाकुमारी साह र तृतीय राखीकुमारी साह भएकी थिइन् । उनीहरुलाई क्रमशः ६ हजार, ३ हजार र २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सबै जाति र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महानगरले सहयोग गर्ने बताए । उनले महानगरको विकासमा तेली कल्याण समाजले पनि भूमिका खेल्नु पर्ने बताए ।कार्यक्रममा तेली कल्याण समाज नेपालका अध्यक्ष डा. बालकृष्ण साह, नेपाल वैश्य सेवा संघ मोरङका वरिष्ठ सल्लाहकार राजेश गुप्ता, उपाध्यक्ष महेशकुमार साह, मारवाडी युवा मञ्चका अध्यक्ष जय शर्मा, अप्पन विराट परोपकार समाजका अध्यक्ष बसुन्धरा झा, नेपाल सोनार समाजका अध्यक्ष राजाराम साह, कायस्थ समाजका सचिव पंकजकुमार वर्मा, बलभद्र सेवा समाज कोषाध्यक्ष राजेशकुमार भगतलगायतको उपस्थीति थियो ।

कार्यक्रममा बोल्दै तेली कल्याण समाज नेपालका अध्यक्ष डा. साहले आफ्नो हकअधिकार स्थापित गर्नको लागि तेली सामुदायहरु संगठीत भएर अगाडि बढनुपर्ने बताए । २०५४ सालमा स्थापित भएको तेली समाज देशभरीको १६ वटा जिल्लाहरुमा रहेको उनले बताए । मोरङको आधा दर्जन स्थानीय तहमा तेली समाज गठन भएको उनको भनाइ छ ।

कार्यक्रममा ४ सय बढी तेली समाजको उपस्थीति रहेको थियो । बन्दसत्रमा निर्वाचन समिति संयोजकमा नरेन्द्र साह र सदस्यहरुमा वैद्यनाथ साह, चन्द्र नारायण साह रहेका थिए ।

भदौ १८, २०८०, बिहानको ०८:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर