विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्न मागसहित काठमाडौंमा विरोध प्रदर्शन भएको छ।
आइतबार दिउँसो किरात याक्थुङ चुम्लुङको ३५ औं स्थापना दिवसको अवसरमा ललितपुरको जावलाखेलदेखि ढोलाहितिस्थित चुम्लुङ् हिमसम्म प्रदर्शन र्याली निकालिएको थियो ।
सहभागीले कोशी प्रदेशको नाम खारेज गरी ऐतिहासिक पहिचानको आधारमा नाम राख्नुपर्ने माग गरेका थिए । कोशी नाम खारेज गरी लिम्बुवान–किरात कायम गर्नुपर्ने मागसहित र्याली निकालिएको थियो ।
गत फागुन १७ गते कोशी प्रदेशको नामकरण भएको थियो। दुईतिहाइ बढी मतले उक्त नाम पारित गरेको थियो। तर, त्यसयता कोशी प्रदेशको नामको विरोध हुँदै आएको छ ।