काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यवसायी मीनबहादुर गुरुङको बचाउ गरेका छन् । गुरुङलाई ललिता निवास जग्गा प्रकरणमा सिआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
काठमाडौँमा नेपाल उद्योग तथा व्यवसायी महसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले गुरुङलाई पक्राउ गरेर सरकारले गलत गरेको समेत बताएका छन् । ठुला व्यवसायी कोही जेल गएको कतै आफूले नसुनेको उल्लेख गर्दै बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने उनको भनाइ छ ।
नेता पाण्डेले भने, ‘ ठुला व्यवसायीहरू कोही जेल गएर बसेका छन् रु मुद्दा चलेर हिँड्छ । हाम्रो देशमा हेर्नुस् न मीनबहादुर गुरुङ जेलमा परेको छ । त्यो के पैसा लिएर भाग्छ मीनबहादुर रु सम्पत्ति बोकेर जान्छ रु २५÷२६ वटा भाटभटेनी छ । त्यो भाटभटेनीको घर बोकेर भाग्छन् रु नेपालमा केही गर्छु भन्ने व्यवसायीलाई अपराधी गर्न हुँदैन । ठुला व्यावसायि पक्राउ गरेको तपाईँले देख्नुभएको छ ।’