तत्कालीन सरकारले अन्तर्राष्ट्रिय समुदायसम्म चुच्चे नक्सा नपठाएको भेटियो : मन्त्री साउद

ओखलढुंगा । परराष्ट्र मन्त्री एनपी साउदले तत्कालिन छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा नपठाएको बताएका छन । उनले पछिल्लो नक्सबारेको विवादलाई कूटनीतिक माध्यमबाट समाधान गर्ने समेत बताएका छन ।

नेपाली कांग्रेस ओखलढुंगाको पाटी कार्यालयमा आइतबार बिहान पत्रकारसँगको कुराकानीमा मन्त्री साउदले कूटनीतिक संवाद र छलफलबाट पछिल्लो समय देखिएको नक्साबारेको विवाद समाधान गरिने बताएका हुन्।

‘हामी हाम्रो नक्सामा प्रतिवद्ध छौँ। धेरै विवाद गरिरहने भन्दा सबै देशसँग कूटनीतिक संवाद र छलफलबाट समाधान गर्छौँ,’ साउदले पत्रकारहरुलाई भने, ‘हामी हाम्रो नक्साको सबै छिमेकी मुलुक र अन्य देशले पनि सम्मान गरुन् भन्ने चाहन्छौँ।’

उनले पछिल्लो समय देखिएको नक्सा र लामो समयदेखिको सीमा विवाद कूटनीतिक माध्यमबाटै समाधान गरिने जवाफ दिए।

‘२०७५ सालमा संसद्‍बाट पास गरेपछि छिमेकीसहित अन्तर्राष्ट्रिय समुदायसम्म नक्सा गइसकेको जानकारी भेटिएन,’ साउदले भने, ‘तत्कालीन अवस्थामा जिम्मेवारीमा रहेका साथीहरूले नक्साबारे जानकारी पठाएको बताएका थिए। तर नक्सा पठाइएको कूटनीतिक विवरण भेटिएन।’

चीनले एक साताअघि सार्वजनिक गरेको नक्साबारे सरकारले स्पष्ट पारिसकेको बताए। उनले सबै देशले नेपालको नक्साको सम्मान गर्नुपर्ने पनि बताए।

चीनले यही अगष्ट २८ तारिखमा नेपालले नयाँ नक्सामा समावेश गरेको लिपुलेक र लिम्पियाधुरासहितको भूभाग भारतमा परेको उल्लेख थियो। कालापानीसमेत भारतमा देखाइएपछि नेपाल रुस्ट छ।

यसबारे परराष्ट्र मन्त्रालयले सन् २०२० मै नेपाली संसदबाट सर्वसम्मतिले स्वीकृत नक्सामा नेपाल दृढतासहित स्पष्ट उभिएको जनाएको छ। ।

आइतबार, १७ भदौ, २०८०, साँझको ०५:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर