विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडा कार्यालयको भवन निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर २ का अध्यक्ष रमेशकुमार बस्नेत र लेखापाल जीवन सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
वडा नम्बर २ को भवन निर्माणका लागि दानपत्रमार्फत निःशुल्क प्राप्त भएको जग्गालाई ६ लाख रुपैयाँमा खरिद गरेको भनी देखाएर उनीहरूले भुक्तानी दिएको दावि छ ।