एभरेष्ट आन्तरिक पौडी प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट स्कुलको आन्तरिक पौडी प्रतियोगिता शनिबार सम्पन्न भएको छ । उमेर समूह, दूरी र स्टाइलमा गरी १७ वटा विधामा विद्यार्थीहरुले प्रतिष्पर्धा गरेका छन् । जसमध्ये सबैभन्दा बढी साइरस मिश्रले ५ वटा स्वर्ण पदक प्राप्त गरे ।

प्रतियोगितामा धावा तामाङले २ वटा स्वर्णसहित ७ वटा पदक ल्याउन सफल भए । उनले २ स्वर्ण , २ रजत र ३ वटा कास्य पदक जित्न सफल भए । यस्तै इमोन लामाले पनि २ स्वर्ण र ५ वटा रजतसहित ७ वटा पदक प्राप्त गरेका थिए । यस्तै सिद्धार्थ तामाङले २ स्वर्ण र १ रजत जितेका छन् ।विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलका अनुसार ३० मिटर फ्रि स्टाइल ८ वर्षभन्दा कम उमेर समूमा प्रणव भट्टराई प्रथम, स्वराज नेपाल द्वित्तीय र रन्जित साह तृतीय भए ।

२५ मिटर फ्रि स्टाईलमा ८ देखि १० वर्षको उमेर समूहबाट आरोग्य पाण्डे, आश्रय भण्डारी र आरभ घिमिरे तथा ५० मिटर फ्रि स्टाइलमा १२ देख १४ वर्ष उमेर समूहमा ओनस प्रधान, सिद्धार्थ तामाङ र अमन यादव क्रमशः प्रथम, द्वित्तीय र तृतीय भए । ५० मिटर फ्रि स्टाइलमा १० देखि १२ वर्ष उमेर समूहमा धावा तामाङ, हर्षिभ राठी, र दृशान्त भण्डारी प्रथम द्वित्तीय र तृतीय भए । ५० मिटर फ्रि स्टाइल १४ वर्षमाथि उमेर समूहमा साइरस मिश्र, अभियान बुढाथोकी र क्षितिज चौधरी प्रथम, द्वित्तीय र तृतीय हुँदा ५० मिटर फ्रि स्टाईल खुला तर्फ साइरस मिश्र, इमोन लामा, अभियान बुढाथोकी तथा १०० मिटर फ्रि स्टाईल खुलामा इमोन लामा, क्षितिज चौधरी र हर्षितप्रताप सिंह प्रथम द्वित्तीय र तृतीय भए ।

२०० मिटर फ्रि स्टाईल खुलामा साइरस मिश्र प्रथम, इमोन लामा द्वित्तीय र धावा तामाङ तृतीय हुँदा ४०० मिटर फ्रि स्टाईल खुला तर्फ साइरस मिश्र प्रथम, इमोन लामा द्वित्तीय र हर्षिभ राठी तृतीय भए । १००० मिटर फ्रि स्टाइलमा साइरस मिश्र, इमोन लामा र धावा तामाङ क्रमशः प्रथम, द्वित्तीय र तृतीय हुँदा ५० मिटर ब्रेस्ट स्ट्रकमा सिद्धार्थ तामाङ, धावा तामाङ, रोजित श्रेष्ठ क्रमश प्रथम, द्वित्तीय र तृतीय भएका थिए । २५ मिटर बटरफ्लाईमा सिद्धार्थ तामाङ, रोजित श्रेष्ठ र धावा तामाङ यसैगरि १०० मिटर आयाम तर्फ धावा तामाङ, इमोन लामा र सिद्धार्थ तामाङ क्रमशः प्रथम, द्वित्तीय र तृतीय भए । ५० मिटर ब्याक स्ट्रकमा इमोन लामा प्रथम, धावा तामाङ द्वित्तीय र कृतक बर्ताैला तृतीय भए । यसैगरि १०० मिटर रिले पौडीमा भने सुज्ञान कोइराला, एलेक्स बस्नेत र आरोग्य श्रेष्ठको समूह प्रथम हुँदा आरोग्य पाण्डे, हर्षित राठी र बिराज ढकालको समूह द्वित्तीय र एलेक्स राज जोशी, नुराज नेपाल र रुद्र शर्माकोसमूह तृतीय भएको छ ।

महिला तर्फ २५ मिटर फ्रि स्टाइलमा आस्ना कटुवाल प्रथम, आरुशी जोशी द्वित्तीय र आरुशी बालाकोटी तृतीय हुँदा ५० मिटर खुलातर्फ यदेन लामा प्रथम, टुईङ्कल गुप्ता द्वित्तीय, युदिता श्रेष्ठ तृतीय भइन् । प्रतियोगिताका विजेताहरुलाई एभरेष्ट स्कुलका प्रिन्सीपल टिकाराम पुरी, भाइस प्रिन्सीपल टीएन भण्डारी, एभरेष्ट कलेजका सहायक प्राचार्य नारायण कडरीया, पौडी प्रशिक्षक इन्द्रराज भण्डारीलगायतले पदक वितरण गरेका थिए ।

यसैबिच १ हजार मिटरको पौडी प्रतियोगितामा सहभागिता जनाउने ५ जना विद्यार्थीलाई प्रोत्साहन स्वरुप एक÷एक हजार रुपैयाँ नगदले पुरस्कृत गरिएको थियो ।खेलकुदमा सक्रिय सहभागिताको लागि प्रोत्साहन गर्न विद्यालयका प्रिन्सिपल पुरीले नगद पुरस्कार वितरण गरेका हुन् ।एभरेष्ट स्कुल–कलेजले शैक्षिक ज्ञानसँगै पौडी, फुटबल, बास्केटबल, टेबलटेनिस, कराँते, नृत्य, गायनलगायतका विभिन्न कृयाकलापलाई समेत दक्ष प्रशिक्षकद्धारा नियमित अभ्यास गराउँदै आएको छ ।

भदौ १७, २०८०, बिहानको ०७:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर