तीज कार्यक्रममा एकल नृत्य प्रतियोगिता

विराटनगर । नेपाल उद्योग तथा व्यवसायी महासंघ विराटनगर महानगर कमिटीले तीज विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।
विराटनगरमा शुक्रबार भव्य कार्यक्रम आयोजना गरी महिलाहरुको पर्व तीज मनाएका हुन् ।

उनीहरुले दिनभरी रमाइलो कार्यक्रम आयोजना गरे । तीज विशेष सांगीतिक गीतमा छमछमी नृत्य गरी रमाइलो गरे । सहभागीहरुले गीत प्रस्तुत गरी थप रमाइलो गरे । एकल नृत्य प्रतियोगितामा उमा मगर प्रथम भइन् । प्रतियोगितामा इशा ढकाल द्वितीय र सलिना बस्नेत तृतीय भइन् । म्यूजिकल चियरमा खुस्बु मण्डल प्रथम भइन् । कार्यक्रमको संयोजक ममता प्रधान रहेकी थिइन् । कार्यक्रम संचालन उर्मिला तिम्सिनाले गरेकी थिइन् ।

नृत्य प्रतियोगिताको निर्णायकहरुमा पूर्वाञ्चल डान्सिङ्ग सेन्टरका सागर साह र हेमा साह रहेकी थिइन् । कार्यक्रममा विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निरला कार्कीको प्रमुख अतिथिमा कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा बोल्दै उनले यस्ता चाडपर्वहरुले समाजमा भाइचारा कायम गर्दै अगाडि बढ्न मद्दत पुग्ने बताइन् ।

भदौ १७, २०८०, बिहानको ०७:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर