कैदी मृत्यु प्रकरण : कारागारका दुई कर्मचारी नियन्त्रणमा

संखुवासभा ।संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई पनि नियन्त्रणमा लिएको छ । कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्की नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

पक्राउ परेको कम्प्युटर अपरेटर यादव र कार्यालय सहयोगी कार्कीलाई म्यादथप गरेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक गोदारले बताए । कैदी कुटपिटमा प्रत्यक्ष संम्लग्न देखिएका प्रहरी, चौकीदार र कैदीलाई कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ । कैदी हत्या प्रकरणमा प्रत्यक्ष संम्लग्न देखिएका झण्डै डेढ दर्जन व्यक्ति प्रहरी हिरासतमा छन् ।

कैदी हत्या प्रकरणमा अनुसन्धान भइरहेका प्रहरी, चौकीदार, कैदी र कारागार कर्मचारी सहित १६ देखि १९ जना विरुद्ध मुद्दा दर्ता गरेर अदातलतमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कारागारमा रहेको सिसिटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी, चौकीदार कारागार कर्मचारी सहित केही कैदीको संलग्नताले देखिएको थियो । कैदी हत्या प्रकरण प्रत्यक्ष संम्लग्न देखिएका केही प्रहरीलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ । कुटपिटबाट गत साउन २४ गते संखुवासभाको मादी नगरपालिका – ५ का २० बर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो ।

२५ जनाको क्षमता रहेको कारागारमा अहिले १३६ जना कैदीबन्दी छन् । २५ जनाको क्षमता रहेको कारागारमा अहिले १३६ जना कैदीबन्दी छन् ।

भदौ १७, २०८०, बिहानको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर