मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउन सक्ने तागत माओवादीसँग मात्रै छ : मोदी

विराटनगर । नेकपा माओवादी केन्द्रका नेता अमन लाल मोदीले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ जनसम्बन्ध सुदृढीकरणमा कोसेढुंगा साबित हुने बताएका छन् ।

पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका मोदीले उदयपुर जिल्लाको बेलका र चौदण्डीगढी नगरपालिका विभिन्न वडामा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको उद्घाटन गर्दै जनताको आकांक्षा र चाहना बमोजिम विकास निर्माण र सुशासनमार्फत मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउन सक्ने तागत माओवादीसँग मात्रै भएको बताएका छन् ।

‘जनताको आकांक्षा र चाहना बमोजिम विकास निर्माण र सुशासनमार्फत मुलुकलाई समृद्धिको बाटोमा डोर्‍याउन सक्ने तागत माओवादीसँग मात्रै छ’ उनले भने, ‘संघीयता, समानुपातिक समावेशिता, धर्मनिरपेक्षता, लगायतका एजेन्डालाई माओवादीले संविधानमार्फत संस्थागत गर्‍यो ।’
जनता र माओवादीबिच विशिष्ट खालको सामीप्यता रहेको भन्दै मोदीले त्यो सामीप्यतालाई अझ प्रगाढ बनाउनका लागि हामी जनताको घरदैलोमा आएको बताएका छन् ।

माओवादी केन्द्रले आजबाट थालेको ३ महिने अभियानको देशका सबै वडामा एकैसाथ उद्घाटन भएको छ ।

शनिबार, १६ भदौ, २०८०, रातीको ०८:१० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर