उर्लाबारी । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत नेकपा माओवादी केन्द्र उर्लाबारी नगर कमिटीले रक्तदान कार्यक्रम गरेको छ ।
आज उर्लाबारी वडा नं. ४ मा रहेको पार्टी कार्यालयमा रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २९ प्रिन्ट रगत संकलन भएको थियो । उर्लाबारी रेडक्रस सोसाईटी उपशाखाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एबं आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमको प्रमुख आतिथ्यतामा भएको थियो ।
वडा नं. १, ४, ६, ७ र ८ मा जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत कार्यक्रम भएको नेकपा माओवादी केन्द्र उर्लाबारीका नगरअध्यक्ष गजेन्द्र दंगालले जानकारी दिए । घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ माओवादीले आजदेखि ३ महिना अभियान सुरु गरेको छ ।