माओवादी अभियान अन्तरगत इक्राहीमा आँखा जाँच शिविर

विराटनगर । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत नेकपा माओवादी केन्द विराटनगर ४ वडा कमिटीले निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । दिव्यज्योती आँखा अस्पतालको सहयोगमा विराटनगर ४ को इक्राहीमा निःशुल्क आँखा शिविर आयोजना गरेको नेकपा माओवादी केन्द्र विराटनगर ४ का वडा कमिटी सचिव नवराज विष्टले जानकारी दिए ।

आँखा शिविरमा २०० जना भन्दा बढीले आँखा परीक्षण गराएका थिए । शिविर आयोजना गरेकोमा स्थानीयवासीले खुसी व्यक्त गरे । शिविरमा औषधि र चस्मासमेत निःशुल्क उपलब्ध गराइएको थियो । शिविरमा पहिचान भएका जटिल प्रकारका समस्याहरुको उपचारमा दिव्यज्योती आँखा अस्पतालले ५० प्रतिशत छुटमा उपचार गरिदिने छ । शिविरमा ५० जना भन्दा बढीमा आँखाको विभिन्न समस्या पहिचान भएको थियो ।

जनतासँग एकाकार भएर अगाडि बढ्ने उद्घोष गर्दै जनसम्बन्ध सुदृढ गर्ने र जनसेवाको काममा क्रियाशील हुने उद्देश्यले आयोजना गरेको शिविरको उद्घाटन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेशका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईँले गरेका थिए ।

 

शिविर उद्घाटन गर्दै उनले माओवादीले जनताको पक्षमा थुप्रै काम गरेको र अहिले माओवादी नेतृत्वको सरकारले सुशासन स्थापनाका लागि विशेष काम गरिरहेको भन्दै जनताको साथ र सहयोग आवश्यक रहेको बताए । उनले माओवादी नेता कार्यकर्ताहरु जनतासँग नजाने कमजोरी यसै अभियान अन्तरगत सच्याएर रुपान्तरण हुँदै अब जनताको सेवामा निरन्तर लागिपर्ने प्रतिवद्धता जनाए ।

घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ माओवादीले आजदेखि ३ महिना अभियान सुरु गरेको हो । यस अगाडि दुई हप्तासम्म माओवादीले प्रत्येक वडातहमा तयारी बैठक आयोजना गरेको थियो ।

भदौ १६, २०८०, दिउँसोको ०१:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर