विराटनगर । संघीय सरकारका पर्यटनमन्त्री सुदन किरातीले मोरङको बेलबारी बहुमुखी क्याम्पस र सहिद प्रतिष्ठानमा वृक्षारोपण गर्दै माओवादीको तीन महिने अभियान उद्घाटन गरेका छन् ।
घरघरमा माओवादी जनजनमा माओवादी भन्ने नाराका साथ माओवादीले आजदेखि सुरु गरेको तीन महिने अभियानमा किराँतीले बेलबारीको जिम्मा पाएका छन् । सोही जिम्मेवारी अनुसार उनले बिहान वृक्षारोपण गरेका हुन् ।
किरातीले आजै दिउँसो अभियानको औपचारिक उट्घाटन गर्ने र साँझ ५ बजे ९ नम्बर वडामा स्थानीयसँग भेटघाट कार्यक्रम राखेका छन् ।