‘जनतासँग माओवादी’ अभियानमा कहाँ खटिए पदाधिकारी ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रले भोलि देख  ‘जनतासँग माओवादी तीन महिने अभियान सञ्चालन गर्दै छ ।  उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सबै तयारी भएको बताएका छन् । सबै जिल्लाहरूमा प्रतिनिधि खटाइसकेको उनले बताएका छन् ।
पार्टीका सबै पदाधिकारीलाई जिम्मेवारी तोकेर माओवादीले जिल्ला जिल्ला पठाएको छ । प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भव्य समारोहबिच चन्द्रागिरि–२ स्थित घट्टेडाँडा पार्क, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ललितपुर महानगरपालिका २८ हरिसिद्धी, उपाध्यक्ष कृष्णबहादुर महरा सुनछहरी गाउँपालिका रोल्पा, उपाध्यक्ष अग्नि सापकोटा लिसंखुपाखर गाउँपालिका ३, उपाध्यक्ष पम्फा भुसाल ललितपुर महानगरपालिका २२ मा खटिने भएका छन् ।
यस्तै, महासचिव देव गुरुङ सुन्दर बजार नगरपालिका–८ लमजुङ, उपमहासचिव गिरिराजमणि पोखरेल गोकर्णेश्वर नगरपालिका–४ काठमाडौँ, उपमहासचिव हरिबोल गजुरेल सिन्धुली, जनार्दन शर्मा चन्द्रागिरि –२, शक्ति बस्नेत भेरी नगरपालिका जाजरकोट, मातृका यादव वीरेन्द्रनगर नगरपालिका –१ सुर्खेतमा खटिने सापकोटाले बताए  ।
सचिवमा दिनानाथ शर्मा बागलुङ, डिलाराम आचार्य धनगढी उपमहानगरपालिका–१६, चक्रपाणि खनाल विराटनगर महानगरपालिका–१८, देवेन्द्र पौडेल पोखरा महानगरपालिका–२०, लीलामणि पोखरेल महोत्तरी, गणेश साहलाई काठमाडौँ महानगरपालिका–१० मा खटाइएको छ ।
शुक्रबार, १५ भदौ, २०८०, दिउँसोको ०२:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर