पत्रकार दिपक अधिकारीलाई डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार

झापा । पत्रकार दिपक अधिकारीलाई यस वर्षको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

२१ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त पुरस्कार अधिकारीलाई प्रदान गरिएको हो । प्रेस सेन्टर नेपाल झापाले देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको पत्रकारीता पुरस्कार दुई दशकदेखि पत्रकारितामा क्रियाशील अधिकारीलाई प्रदान गरीएको हो । अधिकारी नौलो आवाज साप्ताहिका प्रकाशक तथा सम्पदक हुन् ।

कोशी प्रदेशका मन्त्री राजेन्द्र कार्की र डी.कौडिन्यकी छोरी तृष्णा आचार्यले पत्रकार अधिकारीलाई पुरस्कार प्रदान गरेका हुन ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष बिबेक गौतम, प्रेस सेन्टरका कोशी प्रदेश अध्यक्ष बिनोद घिमिरे, माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी आचार्य, सरु न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (बिजय), पार्टीका झापा सह–इन्चार्ज सीपी कडरिया, नेपालपत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, स्वतन्त्र पत्रकार समूह झापाका अध्यक्ष नरेन्द्र ढकाल, फोनिज झापाकी अध्यक्ष भूमिका सुब्बालगायतले शुभकामना दिएका थिए ।

आइतबार, ०७ साउन, २०८०, साँझको ०७:५० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर