काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको यकिन परिमाण आज सार्वजनिक गरिने छ ।
८० देखि १०० किलोको बीचमा रहेको अनुमान गरेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले बताए ।
सुन हङ्कङबाट आएको खुले पनि तस्करमा सम्लग्न, प्रयोजन र यकिन परिमाणबारे थप अनुसन्धान पछि मात्रै थाहा हुने उनले बताएका छन ।
सुन ओसारपसारमा संलग्न रहेका ट्याक्सी चालकसहित ६ जना पक्राउ परीसकेका छन । दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनालाई गए राति पक्राउ गरेको राजश्व अनुसन्धान स्रोतले बतायो ।
विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद गरिएको थियो ।