बजेट संशोधनको माग गर्दै बागमती प्रदेशसभामा नाराबाजी

काठमाडौं । बागमती प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल सुरु हुनुअघि एमाले सहितका दलका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका छन ।

सरकारले एकपक्षीय बजेट ल्याएको भन्दै प्रमुख प्रतिपक्ष दल एमाले, राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो।

बैठकको प्रारम्भमा नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले आफ्नो धारणा राखेपछि विपक्षी दलले नाराबाजी गरेका थिए। नाराबाजीसँगै बैठक स्थगित भएको हो।

यसअघि एमाले र राप्रपाले दुईपटक बैठक अवरुद्ध गरेका थिए। अर्को बैठक साँझ ५ बजेलाई बोलाइएको छ।

आइतबार, १७ असार, २०८०, साँझको ०६:०१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर