एजेलिया स्कुलका विद्यार्थीले मनाए राष्ट्रिय धान दिवस

एजेलिया स्कुलका विद्यार्थीले मनाए राष्ट्रिय धान दिवस

विराटनगर । राष्ट्रिय धान दिवसको अवसरमा विराटनगरस्थित एजेलिया बोर्डिङ स्कुलका विद्यार्थीले धान रोपाईं गरेका छन् । विराटनगर १९ मा एजेलिया स्कुलका विद्यार्थीहरुले धान रोपाइ गरेका हुन् ।

कक्षा १ देखि १० दश कक्षासम्मका विद्यार्थीहरुले धान रोपेका स्कुलले जनाएको छ । स्कुलका प्रचार्य दिनेश खड्काका अनुसार करिब ६ सय विद्यार्थीहरुले धान रोपाइ कार्यक्रममा सहभागि भएका थिए ।

नेपाल कृषिप्रधान देश भएपनि शहरमा बस्ने पछिल्लो पुस्ताले कृषि पेशाका बिषयमा जानुन भन्ने उद्देश्यले रोपाई कार्यक्रमको आयोजना गरिएको प्रिन्सिपल खड्काले बताए । उनले कृषकहरुको सम्मानका निम्ति हरेक नागरिकले कृषि पेशालाई बुझ्न आवश्यक रहेको तर्क गर्दै व्यवहारिक ज्ञान दिलाउन रोपाई गरिएको बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्