दुई तिहाइ मत प्राप्त भएमा नाम परिवर्तन गरेर जान सकिन्छ: मुख्यमन्त्री

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नामकरण ‘कोशी’ कसैको विपक्षमा नभएको बताएका छन् ।

नेपाल बार एसोसिएसन उच्च अदालत विराटनगर बार एकाइको १३औँ कार्य समितिको वार्षिक साधारणसभा तथा बार भवन माथिल्लो तलाको आज उद्घाटन गर्दै उनले नामकरण एउटा पक्षमा भएको भए अर्को पक्षलाई बिझाउँथ्यो होला त्यो नभएर साझा भएकाले यसलाई आत्मसात गरेर जान आग्रह गरे ।

मुख्यमन्त्री कार्कीले भने, ‘समयक्रममा भविष्यमा जनताको दुई तिहाइ मत प्राप्त भएमा संविधान एवं कानूनअनुसार प्रदेशको नाम परिवर्तन गरेर जान सकिने छ ।’

उनले प्रदेश सरकार स्थानीय तहसँग विकास, उत्पादकत्व वृद्धि, रोजगारीको अभिवृद्धि, सौन्दर्य अभिवृद्धि र राजस्वको वृद्धि यी सबै पक्षलाई जोडेर अगाडि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका गल्तीको आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा सुधार गर्ने प्रण गर्दै राम्रो कार्यको प्रशंसा गर्नसमेत आग्रह गरे ।

शुक्रबार, ०८ बैशाख, २०८०, साँझको ०७:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर