दैनिक रुपमा हामीले फलफूल खाने गर्दछौं, तर कुन मौसममा कुन फलफूलले कस्तो फाइदा गर्छ भन्ने तर्फ चासो दिदैनौँ । अधिकांश फलफूलले मानिसको स्वास्थ्यमा धेरै फाइदा गर्नुका साथै विभिन्न रोगको उपचारमा पनि सहयोग गरेको हुन्छ । यिनै फलफूल मध्ये आज हामी गर्मी मौसमा ‘मेवा’ खानुका फाइदा जान्ने छौं । मेवा एक स्वादिलो तथा स्वास्थ्यबद्र्धक फल हो भन्ने कुरामा दुइमत छैन । विज्ञहरुका अनुसार मेवाको केवल फल मात्र होइन पूरै रुख नै औषधीय गुणले युक्त हुन्छ । मेवामा भिटामिन ए अन्य फलमा भन्दा उच्च पाइन्छ । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बाेहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइन्छ ।
‘मेवा’ले पेटका जुका तथा परजीविलाई नष्ट गर्ने काम गर्छ । ‘मेवा’कोे जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ । मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत पनि गर्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले गर्भवती महिलाको वाकवाकी र अरूची हट्छ ।
‘मेवा’ छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ । त्यस्तै मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।
आयुर्वेदमा मेवालाई विभिन्न असाध्य रोगलाई दूर गर्ने उच्चतम फलको रुपमा लिइएको छ । मेवाको सेवनले पाचन सम्बन्धी जटिलता अन्त्य गर्ने, कमलपित्त, हर्निया जस्ता रोगको जोखिम घटाउनुका साथै प्रजनन क्षमतामा वृद्धि गर्ने बताइन्छ । साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका बिरामीका लागि समेत लाभकारी हुन्छ ।
खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीलाई मेवा लाभदायी मानिन्छ । यसमा क्यान्सरसँग लड्ने क्षमता पनि हुन्छ । विषसेवनका कारण मिर्गाैला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गाैलालाई फेल हुनबाट बचाउँछ ।
मेवामा कोलस्टेरोलमा अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगत कोलस्टेरोलको मात्रा घटाउँछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ । मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । महिनावारी अनियमित हुने तथा महिनावारीका वेला धेरै पीडा हुने महिलाका लागि समेत मेवाको नियमित सेवन फाइदाजनक हुन्छ ।
तर, असन्तुलित रुपमा मेवाको बढि सेवन गर्नुभने हानिकारक हुन्छ । यसले क्यारोटेनेमिया भन्ने रोग लाग्नसक्छ । जसका कारण हात खुट्टाको छाला बढि पहेँलो बन्दछ ।
(खरेल खाद्य प्रविधि विषयमा अध्ययनरत विद्यार्थी हुन् ।)