एमालेको मिसन ग्रासरुट अभियान विराटनगरमा पनि सुरु

विराटनगर । नेकपा एमालेले देशब्यापी रुपमा थालेको संगठन निर्माण ‘मिसन ग्रासरुट’ अभियानलाई विराटनगर महानगर कमिटीले पनि अगाडि बढाएको छ । महानगर कमिटीको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का ईन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पोलिटब्यूरो सदस्य तथा अभियानका लागि विराटनगर महानगरको फोकल पर्सनका रुपमा खटिएका विशाल भट्टराई, प्रदेश कमिटीका नेता तथा जिल्ला कमिटीका नेताहरुको उपस्थित थिए । उक्त बैठकसँगै अघियान अघि बढेका एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बताए ।अध्यक्ष थापाले बैठकमा प्रस्तुत गरेका प्रस्तावहरुलाई हलले सर्वसम्मत रुपमा पारित गरेको थियो । बैठकले केन्द्रीय कमिटीले सञ्चालन गरेको पार्टी सुदृढीकरण तथा विस्तारको अभियानलाई तालिका बनाएर अघि बढाउने निर्णय गरेको थापाले बताए ।

यस्तै बैठकले मातहतका कमिटीहरुलाई पनि अभियानमा सक्रियता पूर्वक लागेर समयमा काम सक्न निर्देशित गरेको छ । जस अन्तर्गत फागुन १३ देखि १७ सम्म सबै कमिटीको विस्तारित बैठक बसी कार्यायोजना निर्माण गर्ने, जिम्मेवारी बाँडफाँट गर्ने, फागुन १९ देखि २२ सम्म सबै वडामा प्रशिक्षण अभियान सञ्चालन गर्ने, फागुन २६ देखि ३० गतेसम्म पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता विस्तार गरिसक्ने निर्णय गरेको छ ।
बैठकले चैत १ देखि ५ गतेसम्म स्ववियू निर्वाचनमा केन्द्रीत भएर अनेरास्ववियुका उम्मेदवारलाई जिताउन पहलकदमी लिने, चैत ६ देखि १५ सम्म टोल अधिवेशन गर्दै समाजमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम महानगर कमिटीले तय गरेको छ ।चैत १६ देखि २२ सम्म सबै वडामा अधिवेशन गरि २३ देखि २७ गतेसम्म सबै वडामा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने एमाले विराटनगर महानगर कमिटीले निर्णय गरेको छ । चैत २८ गते सबै मातहतका कमिटीका प्रविदेनहरु सहिहत महानगरको विस्तारित बैठक बसेर अभियानको समध्ीक्षा गर्ने निर्णय गरेको छ भने चैत ३० गते नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गर्दै वैसाख ९ गते एक समारोहकाबीच पार्टीको स्थापना दिवस मनाएर अभियानको औपचारिक समापन गर्ने कार्यसूचि तयार पारिएको अध्यक्ष थापाले बताए ।

फाल्गुन १४, २०७९, बिहानको ०८:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर