विद्यार्थीद्वारा होमस्टेका संचालकहरुलाई प्रशिक्षण

विराटनगर । कोशीटप्पु बन्यजन्तु आरक्षण नजिकै सञ्चालन भइरहेको सप्तकोसी होमस्टेका संचालकहरुलाई एस्पायर कलेज विराटनगरका विद्यार्थीहरुले प्रशिक्षण दिएका छन् ।

कलेजमा बि.पि.एच. (ब्याचरल ईन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले पर्यटन व्यवसायमा आवद्ध होमस्टे सञ्चालकहरुलाई प्रभावकारी सेवा प्रवाहका बारेमा प्रशिक्षण दिएका हुन् ।

होमस्टेको न्यूनतम मापदण्ड र त्यहाँ हुने स्वागत तथा सेवा प्रवाहको बारेमा विद्यार्थीहरुले प्रशिक्षण दिएका हुन् । त्यस क्रममा होमस्टेको सफाई, त्यस स्थानलाई शान्त र मनोरम राख्ने भन्ने जस्ता विषयमा जानकारी दिइएको थियो ।

पर्यटकीय क्षेत्र सुनसरीको प्रकाशपुरमा सञ्चालित सप्तकोसी होमस्टे अन्तरगत १२ घरपरिवारले पाहुनाहरुलाई सेवा दिँदै आएका छन् ।कार्यक्रममा होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला , लिजा खतिवडा, समिर लावती र लिया खवासले प्रशिक्षण दिएका थिए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर शुभम भट्टराईकाअनुसार विद्यार्थीहरुलाई समय समयमा यस्ता कार्यक्रमहरुमा सहभागी गराउने गरेको र पढाइसँगै सिकाइलाईसमेत एस्पायरले विशेष ध्यान दिने नीति अनुसार प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।

एस्पायर कलेजका प्रीन्सिपल सि.एम.बस्नेतको नेतृत्वमा गएको टोलीले होमस्टे संचालकहरुलाई सहजीकरण गरेको र उक्त प्रशिक्षण लाभदायक रहेको स्थानीयले बताएका थिए ।

कार्यक्रममा काठमाण्डौं विश्वविद्यालय स्कुल अफ मेनेजमेण्टमा एम.वि.ए. अध्ययनरत विद्यार्थीहरू निसान्त तिमल्सिना, आदित्य आचार्य, जेसिका राजलावत, अस्मिता सुवेदी र संगिता भुर्तेलले होमस्टे व्यवस्थापन, व्यापारको लेखा तथा बजारीकरण आदि विषयमा सञ्चालकहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा होमस्टे सञ्चालन गर्दै आएका र गर्न रुची राख्ने २५ जनाभन्दा बढी सहभागी थिए ।

फाल्गुन १४, २०७९, बिहानको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर