रास्वपाले ‘हामी के गर्दैनौं ?’ शीर्षकमा भनेको छ : ‘स्वार्थको द्वन्द्वका कारणले नियुक्तिमा हुन सक्ने प्रभावलाई रोक्न आयोग गठन’

सोही पार्टीको उद्देश्य र नीति कार्यक्रममा ‘स्वार्थ बाझिने’ कुरा नगर्ने उल्लेख छ । तर, छानविनमा परिरहेका रवि लामिछाने गृहमन्त्रालयमा मरिहत्ते गरिरहेका छन् ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अहिले गृहमन्त्रीका लागि मरिहत्ते गरिरहेका छन् । सर्वोच्च अदालतले उनको नागरिकता खारेज गरिदिएपछि गृहमन्त्री, सांसद पदबाट निलम्बनमा परेका उनी पुनः नागरिकता पाएसँगै गृहमन्त्री बनाउने लविङमा छन् । तर, धेरैले उनी गृहमन्त्री बन्दा जालसाँझी गरेर राहदानी बनाएको विषय बाहिर आइरहेकोले अनुसन्धानमा प्रभाव पार्ने भन्दै उनको आलोचना गरिरहेका छन् ।

सोही कारण प्रधानमन्त्री पुष्पकमल दाहालले पनि उनलाई र उनको पार्टीलाई गृहमन्त्रालय नदिने बताइसकेका छन् । जसका कारण सरकारलाई दिएको समर्थन फिर्ता हुनसक्ने भन्दै रास्वपा छलफलमा छ ।

यद्यपि विगतमा रास्वपा र उनका सभापति लामिछानेले पनि स्वार्थ बाझिने ठाउँमा कसैलाई नियुक्ती नगर्ने प्रतिबद्धता जनाएको छ । रास्वपाको वेभसाइटमा उल्लेख भएको उद्देश्य र नीति कार्यक्रमको तेस्रो नम्बरमा ‘सही ठाउँमा सही मान्छे, योग्यता र क्षमतालाई आधार, कर्मशीलतामा जोड’ भन्ने शीर्षकमा स्वार्थ बाझिने विषयमा व्याख्या गरिएको छ ।

सो व्याख्या अनुसार स्वार्थको द्वन्द्वका कारणले नियुक्तिमा हुन सक्ने प्रभावलाई रोक्न छुट्टै आयोग गठन गरिने उल्लेख छ । यस्तै सार्वजनिक उजुरीका लागि आव्हान गरी स्वार्थका द्वन्द्व देखिए छनोटकर्ता परिवर्तन गरिने र सहीलाई पुरस्कृत र गलतलाई दण्डित गरिने चुस्त प्रणाली तुरून्तै अवलम्बन गरिने उल्लेख छ ।

‘प्रवर्धन ‘सही ठाउँमा सही मान्छे’ भन्ने सिद्धान्तलाई अवलम्बन गर्दै राज्यका प्रत्येक निकायमा कर्मचारी तथा पदाधिकारी नियुक्त गर्दा प्रतिस्पर्धात्मक प्रणालीबाट योग्यता र क्षमताका आधारमा गरिने छ । नेपालको सम्मुन्नतिका लागि देश–विदेशमा रहेका नेपालीहरुको दक्षता, ज्ञान र सीपलाई अधिकतम उपयोगमा ल्याइने छ । लोक सेवा आयोगलाई आधुनिकीकरण गरी सुधार गरिने छ । नातावाद, कृपावाद, आशीर्वाद र परिवारवादलाई निषेध गरी कर्मशील समाजको प्रवर्धनमा विशेष जोड दिइने छ । स्वार्थको द्वन्द्व ९ऋयलाष्अित या ष्लतभचभकत० का कारणले नियुक्तिमा हुन सक्ने प्रभावलाई रोक्न छुट्टै आयोग गठन गरिने छ । सार्वजनिक उजुरीका लागि आव्हान गरी स्वार्थका द्वन्द्व देखिए छनोटकर्ता परिवर्तन गरिने छ । सहीलाई पुरस्कृत र गलतलाई दण्डित गरिने चुस्त प्रणाली तुरून्तै अवलम्बन गरिने छ,’ पूर्ण व्याख्यामा उल्लेख छ ।

तर, सो पार्टी र त्यसका सभापति रवि लामिछाने भने गृहमन्त्रालयका लागि मरिहत्ते गरिरहेका छन् । रास्वपाले नै हामी के गर्दैनौं भन्ने शीर्षकमा विभिन्न १३ वटा बुँदामा प्रतिबद्धता व्यक्त गरिएको छ । जसको १२ औं नम्बरमा भनिएको छ, ‘चुनाव हारेकालाई चोर बाटोबाट संसद् वा सरकारमा ल्याउँदैनौं ।’ तर, लामिछाने अहिले सांसद छैनन् । तर, उनी आफैं चोरबाटोबाट गृहमन्त्री बन्ने कसरतमा छन् ।

निर्वाचनताका उसले सार्वजनिक गरेको वाचा पत्रमा भनिएको थियो, ‘राज्यका निकाय तथा अङ्गहरूको अतिराजनीतिकरणले गर्दा बहुदलीय लोकतान्त्रिक व्यवस्था नै बदनाम हुन पुगेको छ । भ्रष्ट्राचार, बेथितिको कुनै सीमा छैन । संविधानवाद, विधिको शासन, शक्ति पृथकीकरणलाई लत्याइएको छ ।’ परम्परागत राजनीतिक दलहरुभन्दा आफू भिन्न हुनका लागि लामिछानेले यो विषय उल्लेख गरेका हुन् । तर, अहिले उनलाई लागेको आरोप र भइरहेको कसरत हेर्दा विधिको शासनलाई उल्लंघन गर्न उनी खुट्टा उचालिरहेका छन् ।

सुशासन जनताका लागि सरकार संचालन भन्ने शीर्षकको चौथो बुँदामा रास्वपाले वाचा पत्रमा लेखेको छ, ‘राज्यका निकायहरुमा हुने राजनीतिक नियुक्ति राजनीतिक पूर्वाग्रह नराखी प्रतिस्पर्धात्मक क्षमताका आधारमा गरिनेछ । यस्ता नियुक्तिहरुमा हुन सक्ने नातावाद, कृपावाद जस्ता स्वार्थहरु छानविन गर्न शक्तिशाली संयन्त्र बनाइनेछ ।’

मङ्गलबार, १७ माघ, २०७९, दिउँसोको ०३:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर