प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ छैन: महासचिव पोख्रेल

विराटनगर । नेकपा एमालेका महासचिव शकर पोख्रेलले राष्ट्रपतिको चुनावको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालको ९प्रचण्डको०व्यवहार नकारात्मक नभएको बताएका छन । प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको उनको भनाइरहेको रहेको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले प्रधानमन्त्रीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजौँ भन्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने नरहेको उनको तर्क रहेको छ ।

उनले नेपाली काँग्रेसले दाबी गर्न नै नमिल्ने बताएका छन । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव पोख्रेलले नेपाली काँग्रेसले पहिला आफूले आफ्नो पोजिसन कुन हो भनेर प्रस्ट पार्नुपर्ने बताएका छन । ‘अहिले काँग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ,’ उनले भने ‘दिशाहीन अवस्थाको जस्तो देखिएकाले पहिला उ सचिन्न पर्छ ।’ नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पाटी यस प्रकारको अवस्थामा रहनु दुखद रहेको महासचिव पोख्रेललेको भनाइरहेको छ ।

‘काँग्रेसले नेपालका प्रमुख पदहरूमा दाबी गर्नुको अर्थ नरहेको उनले बताएका छन । दाबी गर्नका लागि उसले सत्ता पक्षका रूपमा घोषणा गर्नुपर्‍यो अहिले सम्म उसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद सचिवालयमा पत्र पठाएको छ । काँग्रेसले आफू पहिला सच्चिनु पर्‍यो अनि मात्रै दाबी गर्न मिल्छ ’उनले भने ।

राष्ट्रपतिमा एमालेको उम्मेदवार हार्छ भन्ने कल्पाइनै गर्न नसकिने उनको तर्क रहेको छ । संघ देखी प्रदेश सम्म नै गठबन्धनको सरकार रहेकाले सत्ता गठबन्धनको उम्मेदवारले राष्ट्रपति हुने बताएका छन ।नेपाली काँग्रेसले सत्ता बाहिर रहँदा अस्थिरता ल्याउनका लागेको आरोप पनि उनले लगाएका छन ।

रवि लामिछानेलाई गृहमन्त्री बनाउन बालकोटले दाबा दिइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा महासचिव पोख्रेलले अहिले दबाब नदिएको बताएका छन । गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पाटी बिच छलफल भएर मात्रै टुङ्गिने उनको भनाइ रहेको छ । उनले रवि लामिछानेको मुद्दाको फैसला प्रति असन्तुष्टि व्याप्त गरेका छन । न्यायालयको भूमिका निष्पक्ष नभएको उनले बताएका छन । न्यायालय भनेको निष्पक्ष हुनु पर्ने उनको तर्क रहेको छ । उनले अरूको पनि अदालतमा पहिला देखी नै नागरिकता विवाद रहेकाले यसको छानबिन नभई रविको मात्रै हुनुले न्यायालय निष्पक्ष नरहेको समेत पुष्टि गरेको बताएका छन ।

माघ १६, २०७९, बिहानको ११:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर