नेराक संगठन (निजामती)को पाँचथर जिल्ला समितिको अध्यक्षमा राजकुमार

नेराक संगठन (निजामती)को पाँचथर जिल्ला समितिको अध्यक्षमा राजकुमार

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को पाँचथर जिल्ला समिति गठन भएको छ ।

संगठनको शनिबार सम्पन्न जिल्ला अधिवेशनबाट राजकुमार सेन्चुरीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण रिमाल, उपाध्यक्षमा नविन अधिकारी, सचिवमा प्रदीप तामाङ, सहसचिवमा रुपेश देव, कोषाध्यक्षमा सुष्मा थेबे चयन भएका छन् ।

निर्वाचित सदस्यहरुमा महेन्द्र बास्कोटा, शिवनारायण मण्डल, विरेन्द्र बानिया, चन्द्रबहादुर बमै, हर्क जबेगु, कपिलदेव मल्ल र मणिचन्द्र राई रहेका छन् ।

अधिवेशनबाट प्रदेश प्रतिनिधिमा श्री नारायण राय यादव, श्रीकुमार फुयाँल, महेन्द्र बास्कोटा र डाक्टर नगेन्द्र प्रसाद दाहाल छनौट भएका छन् । केन्द्रीय प्रतिनिधितर्फ सुरेन्द्र मुखिया र प्रदीप तामाङ चयन भएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्