समाजसेवी गोयलले विपन्न परिवारको ११ वटा घर बनाइदिने

समाजसेवी गोयलले विपन्न परिवारको ११ वटा घर बनाइदिने

विराटनगर । समाजसेवि दीनबन्धु गोयलले झापाको भद्रपुर–६ मा गरिव एवं अति विपन्न माझि परिवारका लागि ११ वटा घर बनाइदिने भएका छन् । गोयलले बनाइदिने घरको शिलन्यास बिहीबार सरस्वती पूजाको अवसर पारेर गरिएको हो ।

भद्रपुर नगरपालिकका मेयर गणेश पोख्रलले एक कार्यक्रमका बीच घरको शिलन्यास गरे । समाजसेवी गोयलले आफ्ना दाजु स्व. ओमप्रकाश गोयलको नाममा घर बनालाउन लागेका हुन् ।

भवन शिल्यान्यास कार्यक्रममा बोल्दै मेयर पोख्रलले कर्मस्थल मोरङ भए पनि जन्म स्थल झापालाई गोयलले गर्नु भएको सेवा सबैको लागि उदाहरणीय रहेको बताए । उनले विगत देखि वर्तमान समय सम्म गरेको समाज सेवालाई झापाबासीले कहिले पनि नभुल्ने बताए । भद्रपुर नगरपालिककाकी उप–मेयर राधा कार्कीले समाजसेवी गोयलले झापाबासीलाई लगाएको गुण अतुलनिय रहेको बताइन् । उनले दीन दुखि गरिवलाई गरेको सेवा झापाबासीले सधैव उत्कृष्टताका सम्झीरहेने बताइन् ।
वडा नं ६ का वडा अध्यक्ष रतिया राजवंशीको अध्यक्षतामा भएको सो कार्यक्रममाभद्रपुर नगरपालिकका पूर्व मेयर जीवनकुमार श्रेष्ठ, दाता प्रतिनिधि विनय गोयल लगायतको उपस्थिति रहेको थियो । समाजसेवि गोयलले १२ घर बनाउन आफूले ६० लाख सहयोग गर्ने बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्