प्रदेश १ मुख्यन्यायधिवक्ता आचार्यद्वारा शपथग्रहण

प्रदेश १ मुख्यन्यायधिवक्ता आचार्यद्वारा शपथग्रहण

विराटनगर । वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्यले प्रदेश १ को मुख्यन्यायधिवक्ता पदमा सपथग्रहण गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा उच्च अदालत विराटनगरका प्रमुख न्यायधीश सत्यमोहन जोशी थारुले आचार्यलाई शपथ खुवाएका हुन् ।

विर्तामोड ५, झापा निवासी आचार्यलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख खापुङले मुख्य न्यायधिवक्तामा नियुक्त गरेका थिए । आचार्यको शपथग्रहण कार्यक्रम प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा भएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्