अफगानिस्तानमा पूर्व सांसदको गोली हानी हत्या !

एजेन्सी । अफगानिस्तानकी एक जना पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। समाचार संस्था रोयटर्सका अनुसार काबुलस्थित आफ्नै घरमा उनलाई अज्ञात समूहले गोली हानेको हो।

आइतबार भएको उक्त आक्रमणमा पूर्वसांसद ३२ वर्षीया मरसल नविजादा र उनका सुरक्षा गार्ड मारिएका छन् भने उनका भाइ घाइते भएका छन्। प्रहरीले हत्याको गम्भीर अनुसन्धान भइरहेको बताएको छ।

सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गर्नुअघिसम्म नविजादा अफगानिस्तानकी सांसद थिइन्। अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडेका थिए। नविजादा भने स्वदेशमै बसिरहेकी थिइन्।

उनी सन् २०१८ मा काबुलबाट तत्कालीन संसदको तल्लो सदनका लागि निर्वाचित भएकी थिइन्। तालिबानहरू फेरि सत्तामा आएपछि अफगानिस्तानमा महिलाहरूलाई सार्वजनिक जीवनमा निषेध गरिएको छ। छात्राहरूलाई विद्यालयदेखि विश्वविद्यालयसम्म प्रतिबन्ध लगाइएको छ।

सोमबार, ०२ माघ, २०७९, बिहानको ११:३१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page