विराटनगरमा सडक महोत्सव हुने, ४० वटा स्टल रहने

विराटनगरमा सडक महोत्सव हुने, ४० वटा स्टल रहने

विराटनगर । विराटनगरमा दोस्रो संस्करणको विराट सडक महोत्सव हुने भएको छ । माघ १२ देखि १४ गतेसम्म सडक महोत्सव हुने भएको हो ।

तीन दिनसम्म संचालन हुने महोत्सवमा आदिवासी जनजाति समुदायहरूको खानाको परिकारको साथै सांस्कृतिक कार्यक्रमहरू हुने विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

मन्जिना मूभिज क्रिएसनको आयोजनामा हुन लागेको महोत्सवमा ४० वटा स्टल रहने आयोजक संस्थाका निर्देशक जतिन ताम्राकारले जानकारी दिए । सांस्कृतिक परम्पराको प्रवर्द्धन गर्दै हुन लागेको सडक महोत्सवमा नेवारी, राजवंशी, मैथिली, लिम्बुलगायतका विभिन्न जातजाति तथा समुदायहरूको खानाको परिकारहरू रहनेछ ।

‘ऐतिहासिक तथा सांस्कृतिक नगरी विराटनगरको ऐतिहासिकता तथा सांस्कृतिक सभ्यतालाई जीवन्त राख्दै सांस्कृतिक परम्पराको प्रवर्द्धन गर्न सडक महोत्सव गरिएको हो,’ उनले भने, ‘विभिन्न समुदायको खानाको परिकारसँग दैनिक साँझमा हुने स्थानीय र राष्ट्रिय स्तरका कलाकलाहरूको प्रस्तुतिले थप मनोरञ्जन प्रदान गरिनेछ ।’ सडक महोत्सवमा दैनिक कलाकलाहरूको नृत्य, गायन पनि प्रस्तुति हुनेछ । जहाँ खानाको परिकारसँग सडकमै बसेर सहभागीहरूले रमाइलो गर्नेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्