भूमि आयोगले आजदेखि पुनः स्थानीय तहमा लगत संकलन लगायत काम सुरू गर्ने

भूमि आयोगले आजदेखि पुनः स्थानीय तहमा लगत संकलन लगायत काम सुरू गर्ने

विराटनगर । राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत संकलनसम्बन्धी काम पुनः सुरु गरेको छ । निर्वाचन आचारसंहिताका कारण आयोगले लगत संकलनसम्बन्धी काम रोकेको थियो । निर्वाचन आचारसंहिता सकिएसँगैआयोगले काम अगाडी बढाएको हो ।

आयोगले आज सार्वजनिक सूचना जारी गर्दै पुनः काम सुरु गरिएको जानकारी दिएको हो । निर्वाचनको घोषणा भएसँगै आयोगले लागत संकलन कार्य रोकेको थियो ।

आयोगले रोकिएको लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाणपूर्जा वितरण कार्य पुनः सुरु गरेको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्