उदयपुर १ मा काँग्रेस उम्मेदवार खड्काको जित निश्चित

उदयपुर । उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका काँग्रेसका उम्मेदवार नारायण खड्का मतगणना नसकिँदै विजयी भएका छन् ।

करिब २ हजार मत गन्न बाँकी हुँदा खडकाले २१५० मतले अग्रता लिइरहेकोले उनको जित निश्चित भएको हो ।

खड्काले  ३० हजार ४६ मत ल्याएका छन् भने उनकी प्रतिस्पर्धी एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत ल्याएकी छन् ।

मङ्गलबार, १३ मंसिर, २०७९, साँझको ०६:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर