गच्छदारलाई हराउँदै चौधरीले लिइन दुई पटकको हारको बदला

सनुसरी । भगवती चौधरीले ३९ हजार २९७ मत ल्याउदै जितको नजिक पुगेकि छिन । ४ हजार १३४ मत गन्न बाँकी रहँदा चौधरीले ५ हजार ४३४ मत अन्तर बनाएकी छिन ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ३३ हजार ८६३ मत पाएका छन। गणना हुँन बाँकी मत भन्दा चौधरीको मतान्तर बढी छ । अन्तिम मतपरिणाम सार्वजनिक हुनुअगावै चौधरीको विजय सुनिश्चत भएको हो । चीर प्रतिद्वन्द्वी कांग्रेसका गच्छदारलाई हराउँदै चौधरीले दुईपटकको हारको बदला पनि लिएकी छन् ।

१५ वर्षको निरन्तरको संघर्षपछि चौधरीले संसद्को यात्रा तय गरेकी हुन् । चौधरी २०७० को निर्वाचनमा उनै गच्छदारसँग पराजित भएकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनमा गच्छदारसँग ३६२ मतले चौधरी पराजित भएकी थिइन् ।

०७४ मा भने उनी ३२१ मतान्तरले पराजित भइन् । २०७४ को निर्वाचनमा भने गच्छदारले धाँधली गरेको भन्दै भगवतीले सर्वोच्चमा मुद्दा हालेकी थिइन् तर त्यसको फैसला अहिलेसम्म हुन सकेको छैन ।

२०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट निर्वाचन लड्दै आएका गच्छदार भने राजनीतिक जीवनको उत्तरार्द्धमा पराजित हुन पुगेका छन् । ६ पटकका विजेता गच्छदार सातौँपटक भने पुरानै प्रतिस्पर्धीसँग पराजित भएका छन् ।

मङ्गलबार, १३ मंसिर, २०७९, दिउँसोको ०४:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर