मोरङ ४(१) गुरु र जयप्रकाशलाई जितको लागि विराटनगर १९ नं. वडाको मत निर्णायक

मोरङ ४(१) गुरु र जयप्रकाशलाई जितको लागि विराटनगर १९ नं. वडाको मत निर्णायक

विराटनगर । मोरङको क्षेत्र नम्बर ४(१) मा एमालेका जयप्रकाश चौधरी र काँग्रेसका गुरुराज घिमिरेको कडा प्रतिस्पर्धा रहेको छ । अहिलेसम्म चौधरीले ३५५ मतले अग्रता कायम गरेका छन् ।

चौधरीले १४ हजार ५८१ मत ल्याएर अग्रता लिँदा घिमिरेले १४ हजार २२६ मत ल्याएर पछ्याउँदै छन् ।

मोरङ ४(१)मा अब विराटनगर १९ नम्बर वडा मात्र गणना गर्न बाँकी रहेको छ । अहिले यस वडा गणना गर्न सुरु भएको छ । यस वडाको मत गणना सकिदा जितको छिनोफानो हुने भएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्