विराटनगर । प्रदेश–१ मा ३ मुख्यमन्त्री चुनावी मैदानमा थिए । बहालवाल मुख्यमन्त्री राजेन्द्र कुमार राई संस्थापक मुख्यमन्त्री शेरधन राई र निवर्तमान मुख्यमन्त्री भीम प्रसाद आचार्य पछाडि छन । तिन मुख्यमन्त्री मध्ये बहालवाल बाहेकका मुख्यमन्त्री मात्रै फराकिलो मतअन्तरले अगाडी छन । मत परिणाम हेर्दा दुई मुख्यमन्त्री पछाडि छन ।
संस्थापक मुख्यमन्त्री शेर धनलाई सुदन किराँतीले बढाउँदै लगिरहेका छन । सुदनले ७०४१मत ल्याउँदा शेरधनले ५४०० मत मात्रै प्राप्त गरेका छन । शेरधन एमालेका हुन भने सुदन माओवादीका हुन ।
सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका निवर्तमान मुख्यमन्त्री भीम प्रसाद आचार्य दोस्रो स्थानमा छन । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पाटीका लाल विक्रम थापाले अग्रता कायम गरिरहेका छन । थापाले ४ हजार ५९ मत सहित पहिलो स्थानमा छन भने भीम आचार्यले ३ हजार १ सय ४७ मत प्राप्त गरेको छन । काँग्रेसका सिताराम मेहता २ हजार २२ मत सहित तेस्रो स्थानमा छन ।
बहालवाला मुख्यमन्त्री समेत रहेका नेकपा एकीकृत सामवादीका सचिव राजेन्द्र भने सुरक्षित देखिन थालेका छन । राजेन्द्रले ७ हजार ९सय ५७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिबहादुर राईले ५ हजार ५०२ मत प्राप्त गरेका छन ।