प्रदेश १ : प्रदेशसभाका २० सिटमा एमालेको अग्रता, २ जना काँग्रेस र एक जना माओवादी उम्मेद्वार विजयी

प्रदेश १ मा गणना भइरहेको प्रदेशसभाका ४२ निर्वाचन क्षेत्रमध्ये ३ वटाको मतगणना सकियो । काँग्रेस २ र माओवादी १ स्थानमा विजयी ।

विराटनगर । प्रदेशसभाका ५६ वटा निर्वाचन क्षेत्रमध्ये अहिले ४२ वटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । जसमध्ये ३ वटा निर्वाचन क्षेत्रको मतगणना सकिएको छ ।

जसमा मोरङ ५ (१), ओखलढुंगाको १ र २ वटै प्रदेशसभा निर्वाचनको मतगणना सकिएको हो । जसमा मोरङ ५ (१) र ओखलढुंगाको १ मा काँग्रेसका उम्मेद्वार क्रमशः गयानन्द मण्डल र प्रदीपकुमार सुनुवार निर्वाचित भएका हुन् । यस्तै ओखलढुंगा २ बाट माओवादीका उम्मेद्वार बाबुराम गौतम निर्वाचित भएका छन् ।

हालसम्म एमालेले २० स्थानमा अग्रता लिएको छ । यस्तै काँग्रेस ११ स्थानमा, माओवादी ४ स्थानमा, नेकपा एस र राप्रपा २–२ स्थानमा अगाडि छन् ।

हेर्नुहोस् तथ्याङ्क

बुधबार, ०७ मंसिर, २०७९, बिहानको १०:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर