काडमाडौं । नेपाली काँग्रेसले नेकपा एमालेले खुलेआम निर्वाचन आचारसंहिताको उलंघन गरेको आरोप लगाएको छ ।
पार्टीका प्रवक्ता डा। प्रकाश शरण महतले निर्वाचन आचारसंहिताको खिलापमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाहरुको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको आरोप लगाए ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाली काँग्रेसले भने निर्वाचन आचारसंहिताको अक्षरशः पालना गरिरहेको जिकिर गरे।
प्रवक्ता महतले भने, ‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु कि जुन आचारसंहिता बनाउनु भएको छ । त्यसको हामीले अक्षरशः पालना गरेका छौँ। तर जहाँ खुलेआम कुनै पनि बेला गर्न नमिल्ने संस्थाहरूको प्रयोग गरेर दुरुपयोग एमालेले गरेको जगजाहेर छ। निर्वाचन आचारसंहिताको खिलापमा प्रलोभन दिने, विभिन्न संस्थाहरूलाई दुरुपयोग गर्ने जुन प्रवृत्ति छ। त्यसलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस्, कारबाही गरोस् भनेर निर्वाचन आयोगसँग माग गर्न चाहन्छु।’


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!