मोरङ ४ मा मतदातामा नारा :  ‘हरहर मोदी, घर–घरमा मोदी’ 

मोरङ ४ मा मतदातामा नारा :  ‘हरहर मोदी, घर–घरमा मोदी’ 

विराटनगर । मोरङको क्षेत्र नं. ४ मा पर्ने इटहरी गाउँपालिका २ इटहरी चौकदेखि उत्तर पटी सत्ता गठबन्धनका उम्मेदवारसहितको चुनावी सभा शुक्रवार दिउँसो आयोजना गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि थिए, काँग्रेस नेता महेश आचार्य । कार्यक्रममा सत्ता गठबन्धनकाबाट काँग्रेसका प्रदेश सभा सदस्यका  उम्मेदवार गुरुराज घिमिरे र भीम पराजुलीले बोलेपछि नेता आचार्यले बोलेका थिए ।

प्रमुख अतिथि आचार्यले मन्तव्य राख्दै गर्दा मोरङ क्षेत्रे नं. ४ का प्रतिनिधिसभाका उम्मेदवार अमनलाल मोदीको उपस्थिति भयो । सभा स्थल अगाडीदेखि मतादाताले नारा लगाए, ‘हरहर मोदी, घर–घरमा मोदी ।’ चुनावी सभा र कोणसभामा मात्र नभएर पाँच दलीय सत्ता गठबन्धनबाट माओवादीका नेता मोदी घरदैलोमा जाँदा मोरङ क्षेत्र नं. ४ मा लाग्ने नारा हो, ‘हरहर मोदी, घर–घरमा मोदी’ लाग्ने गरेको छ ।

मोदी यति बेला चुनावी अभियानको क्रममा घरदैलो कार्यक्रममा व्यस्त छन् । दैनिक जसो मतदाताको घरदैलोमा गएर आफ्ना प्रतिबद्धता र मतदाताका समस्या तथा गुनासा सुन्दै आएका छन् । विगत पाँच वर्षमा आफूले गरेको काम र जनतामाझ गरेको प्रतिबद्धताका आधारमा जनताले पुनः निर्वाचित गराउनेमा आफू ढुक्क रहेको बताए ।
शनिवार दिउँसो उनी इटहरी, थलाहा लगायतका मोरङको क्षेत्र नं. ४  का मतदाताकहाँ पुगेका थिए । त्यो क्रममा मतदाताहरूले उनलाई थुप्रै खालका समस्याबारे अवगत गराएका थिए । यति मात्र नभएर चुनाव जितेपछि नफर्किने प्रवृत्तिबारे समेत सचेत गराएका थिए । जवाफमा मोदीले आफ्नो पाँच वर्षे एजेन्डा नै जनताका समस्या समाधान गर्ने रहेको बताउँदै ती समस्या समाधान गर्नतिर लाग्ने बताए ।
उनको चुनावी अभियानमा नेपाली काँग्रेसका नेता  महेश आचार्यले साथ दिइरहेका छन् । जसले गर्दा पनि उनी यो चुनावप्रति निकै उत्साहित छन् ।  उनले आफ्नो क्षेत्रलाई पाँच वर्षमा स्वास्थ्य, शिक्षा, कृषी, पूर्वाधार विकासमा काम गर्ने बताए । देशको परिवर्तनको आन्दोलनमा आफूले धेरै लगानी गरेको भन्दै जनताको मुक्तिको लागि सधैँ लड्दै आएको उनले बताए ।

उनले प्रतिस्पर्धी एमालेका नेता विनोद ढकालको तुलनामा आफ्नो बढी योगदान रहेको बताए । ‘यो देशको परिवर्तनको आन्दोलनमा मैले धेरै लगानी गरेकी छु । म मेरो बाल्यकालदेखि यही क्षेत्रमा बित्यो । देशको सेवामा समर्पित भएर देशको, जनताको मुक्तिको निम्ति लडेर आएको हुँ, त्यस कारण म सक्षम छु,’ उनले भने ।
उनले आफू माओवादी केन्द्रको भन्दा पनि गठबन्धनको साझा उम्मेदवार भएको बताए । ‘म मोरङ क्षेत्र नं। ४  को पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुँ । त्यसो हुँदा गठबन्धनको टिम यो क्षेत्रमा सशक्त छ, बलियो छ, यसर्थ म मेरो टिमको विजय सुनिश्चित छ,’ उनले भने ।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्