संखुवासभा । संखुवासभाको चैनपुर नपा वडानम्बर २ का वडा सदस्य मृत्यु भएको छ ।
वडा सदस्य कुशल तामाङ मंगलबार बिहान काठमाडौंस्थित एक होटलमा मृत अवस्थामा फेला परेको उपप्रमुख पप्रमुख एलिना श्रेष्ठले जानकारी दिइन्।
खाना खाएर होटलमा सुतेको अवस्थामा तामाङ मृत भेटिएका थिए। वडा सदस्य तामाङ घरायसी कामको सिलसिलामा केही दिनअघि काठमाडौं गएका थिए ।
मृतक तामाङको शव बुधबार दिउँसो ताङ्लियामा अन्त्येष्टि गरिएको छ। मृतक तामाङका श्रीमती र एक छोरा छन्। तामाङ नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!