मिस कोशीको फाइनल शनिवार, उपाधिको लागि २६ जना भिड्दै

मिस कोशीको फाइनल शनिवार, उपाधिको लागि २६ जना भिड्दै

विराटनगर । सातौँ संस्करणको मिस कोशी प्रतियोगिताको फाइनलमा शनिवार साँझबाट सुरु हुने भएको छ । सुनसरीको इटहरीस्थित लायन्स क्लबको भवनमा साँझ साढे पाँच बजेबाट प्रतियोगिता सुरु हुने भएको हो ।मिस कोशीको फाइनलमा २६ जना प्रतियोगीहरू प्रतिस्पर्धामा रहेका छन् ।

फाइनलमा ओखलढुङ्गाकी सम्झना बस्नेत, सोनिया राई, धनकुटाकी नुमाफुङ लिम्बु, मुना लिम्बु , अपसनी राई, लेटाङकी शिला गहतराज, स्मृति लामा (तामाङ), सिरहाकी ऐश्वर्या कुमारी सिंह, महोत्तरीकी सानी खातुन ९नेहा०, विराटनगरकी बबिता राय, निरिछा मण्डल, इनरुवाकी श्रुति कुमारी उराव रहेकी छिन् । यस्तै खोटाङकी चाँदनी राई, भोजपुरकी सपना राई, धरानकी गीता लिम्बु, निरुता राई, तृप्ता राई, ईशु मगर, तेह्रथुमकी विनीता लिम्बु (हाङमा), सुनसरी राम धुनीकी भावना राई, सुन्दरहरैचा की सफायर राई, भोजपुरकी समीक्षा श्रेष्ठ, इटहरीकी प्रतिभा थापा ९एलिना०, दिया घिमिरे, दुहबीकी सिर्जना लुइँटेल, र सप्तरीकी दिब्यानी चौधरी प्रतिस्पर्धी रहेकी छिन् । उनीहरू मध्ये एक जनाले मिस कोशीको ताज पहिरिनेछन् ।

फाइनलमा पुगेका प्रतियोगीहरूले यसअघि फोटो सुट, ट्यालेन्ट सो गरिसकेको जय मिडिया म्यानेजमेन्ट प्रालिको सिइओ निशा खतिवडाले जानकारी दिइन् । फाइनलमा छनौट भएका किशोरीहरूले बन्द प्रशिक्षणमा विभिन्न क्षेत्रका विज्ञहरूबाट प्रशिक्षण पनि लिएका छन् ।

जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा प्रत्येक वर्ष मिस कोशी प्रतियोगिता हुँदै आएको छ । अहिले हुन लागेको सातौँ संस्करणको मिस कोशी हो । प्रतियोगिताको विजेताले स्कुटर र विभिन्न गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जय राज रायले जानकारी दिए । ‘शनिवार हुने फाइनल भव्य र सभ्य हुनेछ,’ उनले भने ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्