मातृभूमि फाण्डेशनद्वारा विद्यार्थीलाई नगद सहयोग

विराटनगर । मातृभूमि फाउण्डेशन विराटनगरले गरिव तथा जेहेन्दार विद्यार्थीलाई नगद तथा विभिन्न शैक्षिक सामाग्री सहयोग गरेको छ ।

फाण्डेशनले विराटनगर महानगरपालिका –६ स्थित मर्दशामा अध्ययनरत दुई विद्यार्थीहरुलाई उक्त्त सहयोग उपलव्ध गराएको हो । स्थानीय अनिता श्रेष्ठले उपलव्ध गराएको शैक्षिक तथा नगद रकम उपलव्ध गराएको फाण्डेशनका अध्यक्ष चाँद इराकीले बताए ।

फाउण्डेशनले यसअघि कोभिड महामारी, बाढीपीडित र विद्यार्थीहरुलाई सहयोग उपलव्ध गराउँदै आएको छ भने विभिन्न समयमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरेको अध्यक्ष इराकीले जानकारी दिए ।

समाजमा आवश्यक्त्ता परे अनुसार अभैm रचनात्मक एवं सिर्जनात्मक कार्यक्रम गर्दै लैजाने अठोट रहेको अध्यक्ष इराकीको भनाइ छ ।

अशोज १२, २०७९, साँझको ०५:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर